20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठफाल्गुनन्दमा सेप्टिक ट्याङ्की दुर्घटना, एकको मृत्यु, दुई गम्भीर

फाल्गुनन्दमा सेप्टिक ट्याङ्की दुर्घटना, एकको मृत्यु, दुई गम्भीर


 

पाँचथर ।पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा काम गर्ने क्रममा चार जना श्रमिक बेहोस भएका छन्। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।

बुधवार दिउँसो ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी भएका कारण उनीहरू बेहोस भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

- Advertisement -

बेहोस हुने चारै जना फाल्गुनन्द–५ का स्थानीय निवासी हुन्। उनीहरू घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा काम गरिरहेका थिए।

मृत्यु हुनेमा:

  • रतन चेम्जोङ, ३५ वर्ष – इलाम अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरे।

गम्भीर घाइते:

  • भिष्म चेम्जोङ, २४ वर्ष
  • बिरु चेम्जोङ, ४० वर्ष

सामान्य अवस्थामा:

  • सन्तोष चेम्जोङ, ३० वर्ष

घटनापछि स्थानीयवासी र प्रहरीको सहकार्यमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर चारै जनाको उद्दार गरिएको थियो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments