20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठफिदिममा महिला जबरजस्तीकरणीको आरोपमा ५ जना पक्राउ

फिदिममा महिला जबरजस्तीकरणीको आरोपमा ५ जना पक्राउ


पाँचथर । फिदिमस्थित होटल बाटिका क्लासिकलमा एक महिलामाथि जबरजस्तीकरणी भएको आरोपमा पाँच जना पुरुष पक्राउ परेका छन्।

गए राति पीडित महिलाले घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन्। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले बिहान ४ बजे होटलमा छापा मारेर घटनामा संलग्न भनिएका पाँच जनालाई नियन्त्रणमा लिएको हो। प्रकाउ पर्नेमा पाँचथरका  ३ जना र झापाका २ जना पुरुषहरु रहेका छन् ।

पक्राउ पर्नेमा झापा निवासी विबस खड्का र अंकीत शर्मा, तथा पाँचथरका अनिश योङहाङ, सञ्जय तामाङ र उमेश तामाङ रहेका छन्।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार जबरजस्तीकरणि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ।

पक्राउ परेकाहरू प्रहरी हिरासतमा राखिएको छ ।  भने पीडित महिलाको स्वास्थ्य परीक्षणलगायत कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments