19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठफाल्गुनन्दमा खस आर्य कर्मकाण्ड प्रर्वद्धन कार्यक्रम सम्पन्न

फाल्गुनन्दमा खस आर्य कर्मकाण्ड प्रर्वद्धन कार्यक्रम सम्पन्न


 

पाँचथर । खस आर्य समुदायको परम्परागत संस्कार तथा कर्मकाण्डलाई संरक्षण गर्ने उद्देश्यले फाल्गुनन्द गाउँपालिका ३ दिने खस आर्य कर्मकाण्ड प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ ।

तिम्बुपोखरी मिडिया एण्ड इभेन्टको आयोजनामा तथा फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बे र विशेष अतिथिका रूपमा उपाध्यक्ष ठाकुरसिं नेम्बाङको उपस्थिति रहेको थियो।

कार्यक्रममा ३५ जना सहभागीहरूले नामकरण, ब्रतबन्ध, विवाह, श्राद्धकर्म लगायत खस आर्य समुदायमा प्रचलित परम्परागत कर्मकाण्ड विधिका सांस्कृतिक तथा धार्मिक पक्षबारे प्रशिक्षण प्राप्त गरेका थिए।

- Advertisement -

कार्यक्रममार्फत समुदायमा हराउँदै गइरहेका मौलिक संस्कारहरूको संरक्षण, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण तथा स्थानीयस्तरमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमले विभिन्न तहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसबाट लोपोन्मुख परम्परागत विधिको पुनरुत्थान, स्थानीय संस्कृतिको अभिलेखीकरण, समुदायमा आपसी एकता अभिवृद्धि र भविष्यमा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

कार्यक्रम समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले भने, “स्थानीय संस्कृति हाम्रो मौलिक पहिचान हो। यस्ता कार्यक्रमहरूले परम्परालाई जोगाउनुका साथै भावी पुस्तालाई जरा र पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छन्।” त्यसैगरी, उपाध्यक्ष ठाकुरसिं नेम्बाङले भने, “सांस्कृतिक विविधतामा समृद्ध फाल्गुनन्द क्षेत्रको सम्पदा जोगाउन यस्ता कार्यक्रम आवश्यक छन्। संस्कार र परम्परा पुस्तान्तरण गरेर मात्र भविष्यको समाज सशक्त हुन्छ।”




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments