20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठगर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइयो

गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइयो

रुकुम,– रुकुम जिल्लाको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई गर्भावस्थाको जटिलताका कारण हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।

उनको गर्भ पाठेघरको नलीमा बसेको र बच्चा हुर्किएर नली फुटेपछि आन्तरिक रक्तश्राव भएको अवस्थामा उनलाई जिल्ला अस्पताल लगिएको थियो। अस्पतालमा सफल शल्यक्रिया भएपनि सघन उपचारको आवश्यकता देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उनलाई सुर्खेत पठाइएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषि पाठकले यसको जानकारी दिए। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले बताएको छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments