25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठआईपीएसले हटायो जिमेलमा आउने ओटीपी

आईपीएसले हटायो जिमेलमा आउने ओटीपी


 

कृष्ण दुलाल।  इन्टरनेट प्रदायक कम्पनी आईपीएस (IPS) ले हालै आफ्नो सर्भर वा नेटवर्क प्रणालीमा गरिएको परिवर्तनका कारण गुगल (Gmail) बाट आउने ओटीपी (One-Time Password) सन्देशहरू बन्द गरेको  छ। यसले धेरै प्रयोगकर्ताहरूलाई बैंकिङ, डिजिटल सेवाहरूमा रकम ट्रान्सफर गर्न असहजता भएको गुनासो आउन थालेको छ।

प्रयोगकर्ताहरूका अनुसार, विशेषगरी दुई चरणीय प्रमाणीकरण (two-factor authentication) को प्रक्रिया पूरा गर्न आवश्यक हुने ओटीपी कोडहरू मोबाइल नम्बरमा मात्र आउने भएपछी आइपिस खाता सचालन गर्न समस्या भएको हो । यो समस्याले वित्तीय कारोबारदेखि लिएर व्यक्तिगत तथा सरकारी सेवाहरूमा समेत असर परेको छ।

साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार, जिमेलले पठाउने सुरक्षा कोडहरूलाई अवरोध गर्नु गम्भीर समस्या हो र यसले प्रयोगकर्ताको गोपनीयता तथा डेटा सुरक्षामा समेत असर पुर्‍याउन सक्छ। “आईएसपीहरूले यस्तो संवेदनशील ट्राफिक अवरुद्ध गर्नु अनुचित हो। यदि यो सर्भर सेटिङ्गको त्रुटि हो भने तुरुन्त सुधार गर्नुपर्छ,” एक प्राविधिक विज्ञले बताए।

- Advertisement -

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments