25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठबाढी पहिरो प्रभावित विद्यार्थीलाई सहयोग

बाढी पहिरो प्रभावित विद्यार्थीलाई सहयोग


पाँचथर– गत असोजमा गएको बाढी पहिरोबाट पाँचथरको फालेलुङ गाउँपालिकामा प्रभावित बनेको परिवारका विद्यार्थीलाई विभिन्न सामाग्री सहयोग गरिएको छ । १८ सामुदायिक विद्यालयका २ सय १२ जना विद्यार्थीलाई ट्रायक सुट, जुत्ता, छाता सहयोग गरिएको हो । इन्जिनियर कुबेर नेपालीको सहजिकरणमा फ्रान्समा रहेका पासाङ काजी शेर्पाकाे अगुवाइमा सङ्कलित राहत सामाग्री प्रदान गरिएको हो ।

गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरो जादा विद्यार्थी समेत प्रभावित भएका थिए । दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनील बान्तवाले विद्यालयमा पुगेर सामाग्री विद्यार्थीलाई प्रदान गरेका हुन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments