20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeNRNAइजरायलमा रहेका नेपालीको सुरक्षास्थिति मूल्यांकन गर्न एनआरएनएद्वारा भर्चुअल अन्तरक्रिया

इजरायलमा रहेका नेपालीको सुरक्षास्थिति मूल्यांकन गर्न एनआरएनएद्वारा भर्चुअल अन्तरक्रिया


इजरेल र इरानबीच विकसित पछिल्लो घटनाका बीच इजरेलमा रहेका नेपालीको अवस्था मूल्यांकनका लागि गैरअवासीय नेपाली संघले त्यहाँस्थित नेपालीहरुसँग अन्तक्र्रिया गरेको छ। त्यहाँस्थित दूतावासका राजदूतसहितको उपस्थितिमा बुधबार साँझ भर्चुअलमाध्यमबाट आयोजित अन्तक्र्रियाका क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरेलमा निकै संवेदनशिल अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले इजरेलको अवस्था पहिलेका युद्धको समयमा भन्दा संवेदनशील छ, तर तोकिएका सुरक्षाका मापदण्ड अवलम्बन गर्दा त्यति असुरक्षा छैन त्यसलाई चाहिँ मान्नुपर्यो लापरबाही गर्नुभएन ।’उहाँले इजरेल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्डको पालना गर्न र सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा नकारात्मक सामग्री पोस्ट नगर्न पनि अनुरोध गर्नुभयो ।

उहाँले नेपाल फर्कन चाहने हो भने परराष्ट्र मन्त्रालयले जारी गरेको फर्म भर्न पनि अनुरोध गर्नुभयो ।

यस्तै एनसीसी इजरेलका महासचिव अलि मोहम्मद मिँयाले इजरायली सरकारले निर्धारण गरेको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्न सुझाव दिनुभएको छ। उहाँका अनुसार हाल गाडी, पसल लगायत सबै सेवा खुल्ला छन् र सामान्य सुविधा उपलब्ध छन्, तर युद्धकोब अनिश्चितताबीच सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

यस्तै त्यहाँस्थित नेपाली महामहिम राजदूत धनप्रसाद पण्डितले इजरेल सरकारले भनेको र तोकेको सुरक्षाको मापदण्ड अपनाउन, शेल्टरमा बस्न आग्रह गर्नुभयो । नेपाल फर्कन चाहने नेपालीलाई परराष्ट्र मन्त्रालयले खुला गरेको फाराम भर्न सुझाउँदै उहाँले हालसम्म खासै कसैले तत्काल उद्धारका लागि अनुरोध नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कसैले तत्काल उद्धार गर्न भनेका छैनन् तर विराटनगरका मेयर ज्यू र एक नेपाली चिकित्सकको लागि प्रक्रियागत काम हामीले गरेका छौँ, भने केही अन्डकुमेन्टेड नेपालीले आफूहरु फर्कन चाहेको बताएका छन् । त्यसैले अब जसले फर्कन चाहन्छन् उनीहरूलाई फर्काउन हामीलाई पहल गर्न सहज होस् भनेर दूतावासले पनि फारम भराउन सुरु गरेको हो । त्यो फाराम भर्न म सबैलाई आग्रह गर्छु ।’उहाँले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

- Advertisement -

अन्तरक्रियाका क्रममा इजरेलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो अवस्थाबारे जानकारी गराउँदै तत्काल नेपाल आइहाल्ने मनस्थिति नरहेको बताएका थिए । यस्तै संघका केन्द्रिय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्त लगायतका पदाधिकारीले पनि आवश्यक सहयोगको प्रतिबद्धतासहित सुरक्षित रहन आग्रह गर्नुभयो ।यस्तै अन्य केन्द्रीय पदाधिकारीहरुले पनि आफ्नो धारणा राख्नुभएको थियो । इजरेलस्थित नेपालीको जानकारी लिन सचिवालयमा हटलाइन सेवा समेत सुरु गर्ने तयारी गरिएको छ ।उक्त कार्यक्रमको सहजीकरण सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले गर्नुभएको थियो ।

https://docs.google.com/forms/d/e/1FAIpQLSckmIi1s0G8BXDj_6M1unYuVv2Rbl0jKSMCvgBJfI3NElf1Bg/viewform?pli=1&fbclid=IwY2xjawLAiyFleHRuA2FlbQIxMABicmlkETFEcTNOdXpHdnhaV00wdDI3AR5CdOgXk3GxaBfPzjyUbqvy9VQJ1NAQsGg-nNrNwzJL0h7THOrZaXSfb4dwcQ_aem_fgoiulwBGOql7HglpfmcXw


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments