19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनुवाकोटमा माइक्रोबस दुर्घटना : ९ जना घाइते

नुवाकोटमा माइक्रोबस दुर्घटना : ९ जना घाइते

काठमाडौं, — नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित गुरुङगाँउमा आइतबार एक माइक्रोबस दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। बागमती प्रदेश नम्बर ०३००१ज०८५४ को विद्युतीय माइक्रोबस काठमाडौँतर्फ आउँदै गर्दा सडकबाट करिब १० मिटर तल काँल्लामुनी खसेर दुर्घटनाग्रस्त भएको हो।

घाइतेहरूमा ५ महिला र ४ पुरुष समावेश छन्। प्रहरीले दुर्घटनापछि गाडी चालक ३६ वर्षीय रवि बस्नेतलाई पक्राउ गरेको छ। घाइते सबैलाई उपचारको लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइतेहरूको विवरण:
– मैना राई (३९), नुवाकोट, लिखु गाउँपालिका-४ चौघडा – लक्ष्मी खड्गी (४६), काठमाडौँ, महाराजगंज – सिर्जना लामा (३५), गोंगबु – बिपना अर्याल (१८), नुवाकोट – रसमान लामा (२८), शिवपुरी तलाखु – विजय लामा (१८), शिवपुरी – सरस्वती राई (३९), काठमाडौँ, कलंकी – श्याम दगौरा (३८), काठमाडौँ – महेन्द्र श्रेष्ठ (२५), रसुवा, उत्तरगया गापा-५

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार, दुर्घटनाको कारण तथा अन्य विवरणहरूको अनुसन्धान अहिले चलिरहेको छ। स्थानीय प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमै उपचार गरी घाइतेहरूलाई अस्पताल पुर्याएका छन्।

यातायात दुर्घटनामा सवारी चालकको असावधानी, सडकको खराब अवस्था र गाडीको प्राविधिक समस्याले यस्ता घटनाहरू बढी देखिन्छन्। प्रहरीले सवारी चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन अपील गरेको छ।

- Advertisement -

प्रतिवेदन : नुवाकोट प्रहरी कार्यालय

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments