20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठललितपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर हानेपछि मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुईजना घाइते छन्।

घटनामा बा २ ख ३४८ नम्बरको बसले बा ७९ पा ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकल चालक काठमाडौंको नैकापमा बसोबास गर्ने गोरखाका ३० वर्षीय सञ्जीव अधिकारी गम्भीर घाइते भई अल्का अस्पतालमा उपचारक्रममा दिउँसो निधन भएको ललितपुर जिल्ला प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए।
घाइतेमध्ये मोटरसाइकलमा सवार नम्रता लामिछाने र उनका छोरालाई अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

यो दुखद घटनाले काठमाडौं उपत्यकामा बढ्दो सडक दुर्घटनाको समस्यालाई झल्काउँछ। ट्राफिक नियमको पालना नगरी र लापरवाहीपूर्वक सवारी चलाउने कारणले यस्ता दुर्घटना हुने गरेको छ। स्थानीय प्रशासनले सडक सुरक्षामा थप ध्यान दिन आवश्यक रहेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments