29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन भारत सरकार सहमत RD Creation

नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन भारत सरकार सहमत RD Creation


काठमाडौँ : भारत सरकारले नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको छ। भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको हो।

यसअघि भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् प्रदान गर्दै आएको थियो। इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत भएपछि अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने प्राधिकरणले जनाएको छ।

हाल भारतबाट दैनिक १५ घण्टा विद्युत् आयात भइरहेको छ। थप ६ सय मेगावाट विद्युत् आयात हुनुभन्दा पहिले १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात भइरहेको थियो। अब भने दैनिक १५ घण्टा विद्युत् आयात हुने भएको हो।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments