20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनबिल बैक बन्यो सबैभन्दा धेरै नाफा कमाउने बैंक, कति कमायो?

नबिल बैक बन्यो सबैभन्दा धेरै नाफा कमाउने बैंक, कति कमायो?


काठमाडौं : नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको स्थान सुरक्षित गरेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षावधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेको छ। तर इम्पेरमेन्ट चार्ज उल्लेखनीय रूपमा घटेर ३ अर्ब २३ करोड रुपैयाँबाट २ अर्ब २९ करोड रुपैयाँमा झर्दा बैंकको सञ्चालन मुनाफा १४.०३ प्रतिशतले वृद्धि भई खुद नाफामा सकारात्मक प्रभाव परेको हो।

- Advertisement -

बैंकको खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी भने ०.२० प्रतिशतले मात्र घटेको देखिन्छ। ती सबै सूचकहरूको संयुक्त प्रभाव स्वरूप नाफामा उल्लेखनीय वृद्धि देखिएको हो।आर्जित नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसामा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने वितरणयोग्य EPS १२ रुपैयाँ ६८ पैसा रहेको छ।

बैंकको प्रति सेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ। सोही अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ, जुन बजार मूल्यको तुलनामा उच्च EPS र स्थायीताको संकेत हो। नबिलको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा बैंकले ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब २ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४ खर्ब १ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments