20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेपाली विशेषताको समाजवाद नेवाहरुको भाषा, संस्कृति र गुठीमा छ : प्रचण्ड

नेपाली विशेषताको समाजवाद नेवाहरुको भाषा, संस्कृति र गुठीमा छ : प्रचण्ड


काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली विशेषताको समाजवादको भ्रुण नेवारहरुको इतिहास, संस्कृति, भाषा र गुठीमा रहेको बताएका छन्।

शनिबार वसन्तपुरमा आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेवाको भाषा, संस्कृति र इतिहास अध्ययन गरेर मात्रै नेपाली समाजवादको सुरुवात गर्न सकिने विचार राखे।

‘समाजवादको भ्रुण नेवा समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुको गुठी लगायत संस्था, जे संरचना बनेका छन्, नेपाली विशेषताको समाजवाद त्यही छ,’ प्रचण्डको भनाइ छ, ‘नेवा समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा संस्कृतिबारे जानकारी लिएर मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ।’

- Advertisement -

विगतमा संविधान बनाउँदा पहिचानको मुद्दा छोड्नु परेको भन्दै उनले अब भने नेवाहरुको भाषा र संस्कृति लगायत पहिचानको मुद्दा माओवादीले स्थापित गरेरै छाड्ने भन्दै साथ दिन समेत नेवा समुदायलाई आग्रह गरे।

‘तपाईंहरुको चहाना अनुसार आउने दिनमा यो लडाइँ छोडिने छैन, जबसम्म तपाईंहरुले तपाईंहरुको भाषा, इतिहास, आत्म निर्णय, पहिचान पुरै स्थापित हुने छैन,’ प्रचण्डको भनाइ छ, ‘माओवादी केन्द्रले तपाईंहरुको साथ छोड्ने छैन। तपाईंहरुले हामीलाई साथ दिनुहोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments