20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपुराना सवारी साधनले पेट्रोल पम्पबाट तेल भर्न नपाउने

पुराना सवारी साधनले पेट्रोल पम्पबाट तेल भर्न नपाउने


काठमाडौं : प्रदुषणको चपेटमा रहेको भारतको राजधानी दिल्ली शहरमा म्याद गुज्रिएका पुराना सवारी साधनलाई इन्धन बिक्रीमा सरकारले सख्त प्रतिबन्ध लगाएको छ।

नयाँ प्रावधान अनुसार कुनै पनि पेट्रोल पम्पले आयू गुज्रि सकेका पुराना सवारी साधनलाई इन्धन बिक्री गर्न पाउदैनन् । सरकारले दिल्लीको ४७७ पेट्रोल पम्पहरूमा सवारी साधनको उमेर पत्ता लगाउने प्रणाली जडान गरिएको छ। सरकार वायु प्रदूषण नियन्त्रण गर्न ‘म्याद गुज्रिएका सवारी साधनका लागि इन्धन निषेध’ नीति लागू गर्ने लक्ष्यबाट जम्मा २३ वटा प्रणाली जडान गर्न टाणा रहेको छ।

दिल्ली प्रदेश सरकारका अनुसार हालसम्म, ३७२ पेट्रोल पम्प र १०५ सीएनजी(ग्याँस) रिफिलिङ स्टेशनहरूमा उपकरण जडान गरिएको छ। थप १० देखि १५ दिन भित्र ती प्रणालीलाइ सञ्चालन गरिनेछ, वातावरण विभागका एक वरिष्ठ अधिकारीले पीटीआईलाई बताए। उनले भने कि सरकारले अप्रिलको अन्त्यसम्ममा प्रणाली लागू गर्ने अपेक्षा गरेको छ।

- Advertisement -

दिल्ली सरकारले सुरुमा १ अप्रिलमा नीति लागू गर्ने योजना बनाएको थियो, तर तोकिएका सबै स्थानहरूमा उपकरणहरू जडान नभएकाले समयसीमा भेट्याउन सकेन। मुख्यमन्त्री रेखा गुप्ता र वातावरणमन्त्री मनजिंदर सिंह सिरसाले प्रक्रियालाई नजिकबाट निगरानी गरिरहेका छन्। यस महिनाको अन्त्यसम्ममा पूर्ण लागू हुने,” वातावरण विभागका अधिकारीले थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments