
काठमाडौं : दिलिप रायमाझीको शीर्ष अभिनय रहेको फिल्म ‘हेल्लो काशीराम’को टिजर सार्वजनिक गरिएको छ । नयाँवर्ष २०८२ को अवसरमा युट्युबमा टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक टिजरमा मुलुकको बेथितीमाथि कटाक्ष गरिएको छ । नेपालको राजनीतिमा बाह्य हस्तक्षेपलाई पनि ब्यंग्य गरिएको यसमा बुझ्न सकिन्छ । कमेडी जनराका फिल्म हेर्न मन पराउनेलाई यो फिल्म मीठो खुराक बन्न सक्ने देखिन्छ । टिजरमा दिलिपलाई एकजना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको छ, जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन् ।


रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मको खन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्, उनी पुराना निर्देशक हुन् । यस फिल्ममा पीवी थापाको लगानी छ ।

फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशिल पोखरेल, उमेश राई, भँगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीको पनि अभिनय छ । प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । निर्देशक विश्वकर्माले यसअघि नेपाली वीर, सम्झिराख है, रेलिमाई’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





