25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishजनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध

जनताका समस्या समाधान गर्न अध्यक्ष दाहालको अनुरोध

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताका समस्या समाधानतर्फ केन्द्रित हुन सरकारलाई अनुरोध गरेका छन्।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले शिक्षक, डाक्टर, नर्स, लघुवित्त पीडित, सहकारी पीडित र राजनीतिक दलहरू आन्दोलनमा रहेका बताउँदै जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन्।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नयाँ वर्ष २०८२ मा राजनीतिक दलहरूलाई नयाँ सङ्कल्पका साथ अघि बढ्न जरुरी रहेको बताए। उनले जनता र राष्ट्रको आवश्यकता अनुसार अघि बढ्नका लागि नयाँ सङ्कल्प जरुरी रहेको बताए।

प्रकाशित: ३१ चैत्र २०८१ ११:५१ आइतबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments