20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियअब समय सकियो, राजा बन्ने सपना नदेख्नू : माधव नेपाल

अब समय सकियो, राजा बन्ने सपना नदेख्नू : माधव नेपाल


काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिएका छन्।

कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, ‘राजा फर्कने चर्चा बेमौसमी बाजा हो, नेपालमा राजाको अब कुनै काम छैन, त्यो पुरानो कुरा भइसक्यो।’ उनले वंशजको आधारमा शासन गर्ने समय सकिएको उल्लेख गर्दै अब जनताबाट निर्वाचित प्रतिनिधिहरूकै शासन आवश्यक भएको उल्लेख गरे। पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले भने, ‘सडकमा अशान्ति मच्चाएर फर्कन पाइँदैन।’

उनले हालै भएको हिंसात्मक घटनाहरू स्मरण गर्दै भने, ‘चैत्र १५ मा हाम्रो पार्टी अफिस जलाइयो, पसलबाट रक्सी चोरियो, पत्रकारलाई जीवितै जलाइयो, एक युवकको हत्या भयो र सर्वसाधारणका घरमा आगजनी गरियो। यस्तो हिंसात्मक तरिकाले सत्ता फर्किने सम्भावना छैन।’

- Advertisement -

अध्यक्ष नेपालले अधिनायकवादी सोचप्रति असहमति जनाउँदै लोकतान्त्रिक अभ्यास सुदृढ गर्नुपर्नेमा जोड दिए। उनले नेपाली विशेषताको समाजवाद वा वैज्ञानिक समाजवादतर्फ अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारे। सरकारप्रति असन्तुष्टि जनाउँदै उनले सुधार आवश्यक रहेको सुनाए।

वामपन्थी दलहरूबिच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा गठन भइसकेको जानकारी दिए। रास्कोटको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै उनले जनतासँग आत्मीय सम्बन्ध भएको अनुभूति व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments