26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियराजसंस्था संवैधानिक बनाउन धेरै प्रयास गरिएको हो, नसकेपछि गणतन्त्रमा गयौँ : गगन...

राजसंस्था संवैधानिक बनाउन धेरै प्रयास गरिएको हो, नसकेपछि गणतन्त्रमा गयौँ : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन निकै प्रयास गर्दा पनि नसकिएकाले गणतन्त्रमा गएको टिप्पणी गरेका छन्।

शनिवार धनकुटामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले बताएका हुन्। ‘हामीले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन सकिन्छ भनेर प्रयास गरेकै हो,’ महामन्त्री थापाले भने, ‘तर सकेनौँ, होइन रहेछ। अनि गणतन्त्रको निष्कर्षमा पुग्यौँ।’

गणतन्त्र कुनै एक रातको प्रयास र अजेन्डाले नआएको पनि महामन्त्री थापाले बताए। त्यसका लागि कांग्रेसले महाधिवेशन देखि कार्यकर्ता र जनस्तरमा छलफल समेत गरेको पनि स्मरण गरे।

- Advertisement -

‘अब यसमा अलमलिने होइन, धेरै टिप्पणी गर्ने पनि होइन। नाम पनि लिने होइन। खालि मेरो पार्टीका साथीलाई आग्रह छ हामी अब यसमा अलमलिन्नौँ,’ महामन्त्री थापाले भने। सङ्घीय गणतन्त्र कांग्रेसले ल्याएको व्यवस्था भएकाले अब यसबाट पछाडि फर्किने छूट नभएको पनि उनले बताए।

उनले भने, ‘मुख्य कुरा व्यवस्था बदलियो, तर अवस्था बदलिएन भन्ने आम गुनासो सम्बोधन गरेर तीव्र स्तरमा गर्ने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments