25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishगैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्नः

गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्नः


आज मिति ११ अप्रिल २०२५ शुक्रवारका दिन गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान प्राविधिक समितिको बैठक सम्पन्न भएको छ । बैठकले समितिको आगामी कार्ययोजना तय गर्नुका साथै आगामी २०८२ जेठ महिनामा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गैरआवासीय नेपाली खेलाडीहरुको छनौट कार्य यही २०८२ बैशाख २ गते खेलकुद प्रतिष्ठानको सचिवालय बालुवाटारमा गर्ने निर्णय भएको छ । यसरी नै संघको पुर्व निर्धारीत योजना अनुरुप संघले राष्ट्रिय खेलकुद प्रतियोगिताका १८ वटा विभिन्न खेल विधामा सहभागीता जनाउनका लागी आवश्यक प्राविधिक तयारीका कार्यहरु द्रुत गतिमा अगाडी बढाउने समेत निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसी र संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका सदस्य सचिव सुपेन्द्र घिसिङ्गको उपस्थितिमा प्राविधिक समितिको बैठकमा संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसीले नवनियुक्त प्राविधिक समितिका सदस्यहरुलाई नियुक्ति पत्र समेत प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा संघका युवा संयोजक तथा खेलकुद प्रतिष्ठानका सदस्य सचिव श्री सुपेन्द्र घिसिङ्गले आगामी १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोश्रो पुस्ताका गैरआवासीय नेपाली खेलाडीहरुले विभिन्न खेलहरुमा सहभागी भई बढी भन्दा बढी पदक हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो । यसका लागि संघको राष्ट्रिय समन्वय परिषदहरु तथा सरोकारवाला निकायहरु संग सहकार्यका लागि समेत अनुरोध गर्नु भयो ।

संघका अध्यक्ष तथा खेलकुद प्रतिष्ठानका संरक्षक डा बद्री केसीले बैठकमा आफ्नो समापन मन्तव्य राख्नु हुँदै खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सहयोग पुग्ने भएकोले १०औं राष्ट्रिय खेलकुदमा संघले प्रभावकारी ढंगबाट सहभागीता जनाई सफलता हासिल गर्नु पर्ने  कुरा व्यक्त गर्नु भयो । यस प्रकारको सहभागीताले आगामी दिनमा नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा समेत सहभागीताका लागि सहयोग पुग्ने बताउनु भयो ।

- Advertisement -

बैठकमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्रावधिक समितिका संयोजक लगायत सदस्यहरु तथा दशौं खेलकुद सहभागीता तयारी समितिका सदस्यहरु र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments