29.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishचैतेदसैँमा खसीको मासु पकाएर खाने क्रममा घाँटीमा अड्किएर एक जनाको मृत्यु

चैतेदसैँमा खसीको मासु पकाएर खाने क्रममा घाँटीमा अड्किएर एक जनाको मृत्यु

घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका-५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो।

चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो।

उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए।

- Advertisement -

उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उनले जनाए।

प्रकाशित: २३ चैत्र २०८१ २२:५४ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments