20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishसाना देशहरुमाथि जोखिम बढ्दैछ, सबै सजग बनौँः प्रधानमन्त्री ओली

साना देशहरुमाथि जोखिम बढ्दैछ, सबै सजग बनौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरुमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन्।

मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको सिलसिलामा एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रवचन दिनुहुँदै साना देशहरुमाथि बढेको चुनौति र जोखिमबारे चिन्ता व्यक्त गरेका हुन्।

विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनको असरले देशलाई जोखिममा पारेको बताए। प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा बढेको हतियारको प्रयोगले मानव जीवन र मानवता नै चुनौतिमा परेको जिकिर गरे। अहिले साना र जोखिममा रहेका देशको दुःखको आवाज सुन्ने कोही नभएको उनले बताए। विश्व मानवता र भ्रातृत्वको लागि सबै एकजुट हुन आवश्यक रहेको उनले बताए। उनले अहिले भोगिरहेको जलवायु संकटबारे अहिले नै लड्न नसके देशका नागरिकहरु झनै गरिबी र दुःखमा धकेलिने भएकाले विश्व समुदायलाई गम्भीर हुन आग्रह गरे।

प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्दै समृद्धि हाँसिल गर्न अगाडि सारेको कार्यक्रम र रणनीति एक देशको लागि मात्र नभएर सम्पूर्ण विश्वलाई नै शान्ति सहतिको विकासको अवधारणा अगाडि सारेको बताए। एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीको संख्या उल्लेख्य छ । जम्मा विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या पाँचौं स्थानमा रहेको छ । एआइटीबाट करिव १ हजार ७ सय बढी नेपालीले अध्ययन गरिसकेका छन्। नेपाल यस विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी पनि हो । नेपालले विभिन्न कार्यक्रम सञ्चलन गर्न एक लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ । हाल  एआइटीमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् ।

- Advertisement -

प्रकाशित: २१ चैत्र २०८१ १४:३९ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments