19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglish'प्रचण्डले जस्तो तुच्छ शब्द प्रयोग गर्ने र राजसंस्थालाई निषेध गर्न खोज्ने हो...

‘प्रचण्डले जस्तो तुच्छ शब्द प्रयोग गर्ने र राजसंस्थालाई निषेध गर्न खोज्ने हो भने देश नसोचेको बाटोमा जानेछ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब पनि राजसंस्थालाई निषेध गर्ने हो भने देश नसोचेको बाटोमा जाने बताएका छन्।

‘ठूला पार्टीका ठूला नेताले राजसंस्थाबारे हिजो प्रचण्डले प्रयोग गरेजस्तो तुच्छ शब्दहरू प्रयोग गर्ने र अब पनि राजसंस्थालाई निषेध नै गर्न खज्ने हो भने देश नसोचेको बाटोमा जानेछ,’ मिश्रले शनिबार (आज) बिहान सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले नेपालको परिप्रेक्षमा लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नभइ ‘उन्नत प्रजातन्त्र’ भएको पनि बताएका छन्।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका थिए।

- Advertisement -

प्रकाशित: २ चैत्र २०८१ १२:२६ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments