19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishमोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको छ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: २९ फाल्गुन २०८१ २२:३० बिहीबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments