26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishमाटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ।

शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन्।

- Advertisement -

प्रकाशित: २५ फाल्गुन २०८१ २३:४४ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments