25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishशिक्षकहरू फेरि सडकमा (तस्बिरहरू) | Nagarik News

शिक्षकहरू फेरि सडकमा (तस्बिरहरू) | Nagarik News

देशभरका शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षण पेसासँग सम्बन्धित विभिन्न मागहरू अघि सार्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन्।

महासंघका अनुसार २०८० सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गराउन तथा शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

शिक्षक महासङ्घले सरकारसँग शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने, हालै प्रमाणीकरण भएको निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने लगायतका माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ।

- Advertisement -

शिक्षकहरूले माइतीघर मण्डलाबाट जुलुस निकाल्दै नाराबाजी गर्दै नयाँ बानेश्वर पुगेका छन्। उनीहरूले विगतका सबै सहमति कार्यान्वयन गराउन सरकारलाई बाध्य पार्ने बताएका छन्।

हेरौँ तस्बिरहरू। सबै तस्बिर: दिपेश दर्शधारी/नागरिक

प्रकाशित: २४ फाल्गुन २०८१ १५:२९ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments