26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishहाइली क्रिएटिभ र गोल्डेन सुनगाभा क्वार्टरफाइनलमा

हाइली क्रिएटिभ र गोल्डेन सुनगाभा क्वार्टरफाइनलमा

हाइली क्रिएटिभ र गोल्डेन सुनगाभा तेस्रो निस्ट कपअन्तर्गत जुनियर ब्वाइज फुटबलतर्फ मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

लोकन्थलीस्थित आयोजक भक्तपुर निस्ट स्कुलमा भइरहेको प्रतियोगितामा हाइली क्रिएटिभले विद्यावाणी पाठशालालाई २–० तथा गोल्डेन सुनगाभाले त्रियोगलाई ४–१ गोलले पराजित गरे। मल्पी इन्टरनेसनल स्कुलले एभरेस्ट पब्लिकलाई ७–२ तथा सञ्जय साई विद्यामन्दिरले गेटवे एकेडेमीलाई टाइब्रेकरमा २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। यससँगै क्वार्टरफाइनल समीकरण तयार भएको छ।

क्वार्टरफाइनलमा मल्पीले सञ्जय साई, गोल्डेन सुनगाभाले वेदाङ्ग, आर्या एकेडेमीले हाइली क्रिएटिभ तथा नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टको सामना गर्नेछन्। बास्केटबलको सिनियर ब्वाइजमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। जनप्रेमी वल्र्ड स्कुलले निस्ट, राजश्री गुरुकुलले एभरेस्ट, टिआइएले गेटवे र बौद्ध इन्टरनेसनल स्कुलले तपोभूमिविरुद्ध खेल्नेछन्।

प्रकाशित: २१ फाल्गुन २०८१ ०७:०६ बुधबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments