26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishललिता निवासको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

ललिता निवासको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको छ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरूलाई कम सजाय गर्ने र कतिपयलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियार सर्वोच्च अदालत पुगेको हो।

दोषी ठहर भएकाहरूलाई बढी सजाय हुनुपर्ने र सफाइ पाएकाहरूलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो।

ललिता निवास प्रकरणका जोडिएका ११० जना आरोपितविरुद्ध नै अख्तियारले पुनरावेदन दिएको सर्वोच्च अदालतले जनाएको छ।

- Advertisement -

पुनरावेदनमा अख्तियारले ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुनुपर्ने माग गरेको छ।

प्रकाशित: २० फाल्गुन २०८१ १८:५४ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments