25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishबालेनलाई शंकरको प्रश्न : कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् ?

बालेनलाई शंकरको प्रश्न : कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् ?

नेकपा (एमाले) मा महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका छन्। 

शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले काठमाडौँ महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरे।

उनले लेखेका छन्, ‘काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ। तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन।’

महासचिव पोखरेलले कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने बताए। साथै उनले कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने बताए।

- Advertisement -

प्रकाशित: १६ फाल्गुन २०८१ २१:५७ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments