20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियएमाले सचिव भट्ट

एमाले सचिव भट्ट


काठमाडौं ।

नेकपा एमालेका सचिव लेखराज भट्टले मानिस नयाँ पुरानो जो भए पनि विचार नयाँ हुनु पर्ने बताएका छन्।

मंगलबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टले सोच र दृष्टिकोण नयाँ हुनु पर्ने बताए । वर्तमान विश्व परिवेशलाई हेरेर अहिलेको वर्तमानमा अघि बढ्न सक्ने नेतृत्व आजको आवश्यकता रहेको उनले स्पष्ट पारे । ‘अहिले विश्व जुन गतिमा गएको छ, त्यो गतिलाई बुझ्न आवश्यक छ, देशलाई बुझेर नेपाली जनताको मनोविज्ञानलाई बुझेर नीति निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ’, उनले भने ।

जनताको बहुदलीय जनवादले नेपालको अहिलेको आवश्यकतालाई कसरी समातेको छ भन्ने कुरा ख्याल गर्नुपर्नेमा भट्टले जोड दिए । अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्ने विचार जनताको बहुदलीय जनवाद र पार्टी नेकपा एमाले भएको उनले दाबी गरे ।

- Advertisement -

देशमा गणतन्त्र र संविधान विरोधीहरू मौलाएको भन्दै अब राजतन्त्र फर्कने कुरा सम्भव नरहेको उनले स्पष्ट पारे । ‘मरेको मुर्दालाई जगाएर हामी ल्याउँछौँ भन्दै छौँ, राज आएर देश बचाउन सक्दछ ?’, भट्टले भने ।

राष्ट्रियताको कुरा उठाउनेहरूको राष्ट्रवाद भारतमा नेपाली विद्यार्थीको ज्यान जाँदा कहाँ गयो भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दा समेत उग्र राष्ट्रवादका कुरा गर्नेहरू कहाँ गए भन्दै उनले प्रश्न गरे । उग्र राष्ट्रवादी भनिनेहरू देश समाजमा अराजकता फैलाउन मात्र केन्द्रित रहेका उनले बताए ।

भट्टले देशमा भएका स्रोत साधनको पहिचान र प्रयोग गरेर बिदेसिन चाहने युवालाई देशमा नै रोक्नु पर्ने बताए । परजीवी बन्ने मनोविज्ञानलाई तोडेर अघि बढ्न आवश्यक रहेको बताउँदै उनले यसमा पत्रकारले भूमिका खेल्नु पर्नेमा जोड दिए । देश निर्माणको लागि नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको उनले स्पष्ट पारे।

उनले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक नियन्त्रणको लागि नभई नियमनको लागि आएको बताए । समाजमा हुने अराजकता रोक्न सो विधेयक ल्याइएको भट्टले स्पष्ट पारे ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments