25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishउत्तरी यूरोपका देशहरू एकताको महाधिवेशनको पक्षमा

उत्तरी यूरोपका देशहरू एकताको महाधिवेशनको पक्षमा


डेनमार्क । एनआरएनए, एनसिसि-नोर्डिकले एकता महाधिवेशनको माग गरेको छ । गत फेब्रअरी १५ तारिकमा एनआरएनए, एनसिसि-नोर्डिक को पॉचौं बैठक बाट एकता महाधिवेशनको आवश्यकता महशुष गरेकोगैर आवासीय नेपाली संघ, डेनमार्कका आइसीसी सदस्य दिपक राज रिजालले जानकारी दिनुभयो ।

डेनमार्कको राजधानी कोपेनहेगनमा सम्पन्न बैठकमा नर्डिक क्षेत्रका ४ वटै राष्ट्र डेनमार्क, स्विडेन, फिनल्यान्ड र नर्वेका आईसीसी सदस्य, राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको मानव अधिकारका क्षेत्रमा लामो समय काम गर्नु भएका गौरी प्रधानले उत्तरी यूरोप र नेपालको दैत्य सम्वन्धका वारेमा प्रस्ट पार्दै यसका सम्भावना हरूका विषयमा विश्लेषणात्मक प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेरडेनमार्कका लागि नव नियुक्त नेपाली राजदुत सुम्निमा तुलाधरलाइ स्वागत समेत गरिएको छ ।

- Advertisement -

खुल्ला सत्र र बन्द सत्र रहेको कार्यक्रमको “खुल्ला चरण” मा आयोजक राष्ट्र गैरआवासीय नेपाली संघ,डेनमार्कका वर्तमान अध्यक्ष कमलराज शर्माको अध्यक्षता र महासचिव नविन आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित राजदुत र अतिथि गैरआवासीय नेपाली संघ यूरोपक्षेत्रका डि.आर.सि. राजु अर्याल लगायतलाइ त्यहाँ रहेका सम्भाभना, अवसर र चुनौतीको बारेमा त्यस क्षेत्रका प्रतिनीधिले जानकारी गराएका थिए ।

कार्यक्रममा नवनियुक्त राजदुत सुम्निमा तुलाधरले नेपाल सरकारका तर्फवाट हुनसक्ने सेवा-सुविधामा कुनै कमि हुन नदिने बताउनुभयो ।

दोस्रो चरण को “बन्दसत्र” कार्यक्रममा नोर्डिक क्षेत्रका गैरआवासीय नेपाली संघ राष्ट्रिय समितिका प्रतिनिधिहरू लगायत यस क्षेत्रमा वसोवास गर्ने गैरआवासीय नेपालीहरूको वाक्लो उपस्थिति रहेको थियो । सम्पन्न यस कार्यत्रममा सस्थामा भएका तथा भविष्यमा गर्नु पर्ने कार्य लगायत हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसदमा देखिएको समस्याका विषयमा छलल भएको थियो ।

छलफलबाट त्यस क्षेत्रका एनआरएनए राष्ट्रिय समन्वय समितिहरू ले केन्द्र लाई चांडो भन्दा चांडो समस्या समाधानका लागि दवाव दिन “राष्ट्रको हित, एनआरएनए को हित तथा सामुहिक अधिकार” भन्ने नाराका साथ उपयूक्त समयमा एकताको महाधिवेशनको पक्षमा उभिने सहमति भएको र चार वटै समिति एकै ठांउमा रहने निर्णय गरेको गैर आवासीय नेपाली संघ, डेनमार्कका आइसीसी सदस्य दिपक राज रिजालले जानकारी दिनुभएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments