क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको स्वास्थ्य अझै गम्भीर छ। भ्याटिकनले आइतबार जारी गरेको विज्ञप्तिमा पोपले अक्सिजन थेरापी लिइरहेको बताएको छ।
भ्याटिकनका अनुसार, रगत परीक्षणमा उनलाई हल्का र प्रारम्भिक मुटुको समस्या देखिएको छ। साथै, मिर्गौलासम्बन्धी समस्या पनि पत्ता लागेको छ।
अर्को विज्ञप्तिमा पोप फ्रान्सिस थ्रोम्बोसाइटोपेनियाबाट स्थिर रहेको उल्लेख छ। यो यस्तो अवस्था हो, जसमा रगतमा प्लेटलेटको संख्या निकै कम हुन्छ।
८८ वर्षीय पोपले विज्ञप्ति जारी गरेर क्याथोलिक इसाईहरूलाई परम्परागत प्रार्थना गर्न आग्रह गरेका छन्, किनभने उनी आफैं त्यसो गर्न सक्दैनन्।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि फेब्रुअरी १४ मा उनलाई रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा सुरुमा ब्रोन्काइटिसको उपचार गरियो, तर पछि निमोनिया भएको पत्ता लाग्यो।
अर्जेन्टिनाका पोप फ्रान्सिस रोमन क्याथोलिक चर्चको प्रमुख बन्ने पहिलो ल्याटिन अमेरिकी र जेसुइट हुन्।
प्रकाशित: १२ फाल्गुन २०८१ १०:१२ सोमबार




