20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियदक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात

दक्षिण अफ्रिकाको च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात


काठमाडौँ ।

 दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति पाकिस्तानको कराची नेशनल स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २०८ रन मात्र बनाएपछि खेल १०७ रनले खेल हारेको थियो।

अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ९० रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेका थिएनन् ।

- Advertisement -

त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए भने लुंगी एन्गिडी र विआन मुल्डरले २-२ विकेट लिएका थिए । त्यस्तै मारको जानसेन र केशव महाराजले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउदै ३१५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले शतकीय पारी खेलेका थिए । १०६ बल खेलेका रिकेलटन १०३ रन बनाएर आउट भएका थिए । त्यस्तै कप्तान टेम्बा बाभुमाले ५८ रन बनाए भने रास्सी भान डेर दुसेनले ५२ रन बनाएका थिए ।

त्यसैगरी एडन मार्क्रमले अविजित ५२ रन बनाएका थिए भने डेभिड मिलरले १४ रन बनाएका थिए । त्यसैगरी अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए भने नूर अहमद, अजमतुल्लाह ओमारजाई र फाजलहक फारुकीले एक एक विकेट लिएका थिए ।

यो जितपछि समूह बि मा रहेको दक्षिण अफ्रिकाले महत्त्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको अफगानिस्तानले भने हारबाट आफ्नो सुरुवात गरेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments