25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish१४औं महाधिवेशनमा देउवाको पक्षमा उभिएका सबै नेताहरू १५औं मा पनि एक ठाउँ...

१४औं महाधिवेशनमा देउवाको पक्षमा उभिएका सबै नेताहरू १५औं मा पनि एक ठाउँ उभिनुपर्छ : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४औं महाधिवेशनमा शेरबहादुर देउवाको पक्षमा उभिएका सबै नेताहरू १५‍औं महाधिवेशनमा पनि एक ठाउँ उभिनुपर्ने बताएका छन्।

‘मेरो आफ्नो कुरा के भने १४औं महाधिवेशनमा जो जो नेताहरू शेरबहादुर देउवाको पक्षमा उभिएका थियौँ, ती सबै साथीहरू १५औं महाधिवेशनमा पनि एक ठाउँ उभिनुपर्छ भन्ने हो,’ नेता सिटौलाले नागरिकसँग भने।

उनले त्यही समूहबाट छलफल गरेर एक जनाको नाम छान्दा उत्तम हुने बताएका छन्। ‘त्यसपछि छलफल गर्दै गएर कसलाई अगाडि बढाउने भन्नेबारे टुङ्ग्याउने गर्दा राम्रो हुन्छ। मेरो आफ्नो कुराचाहिँ यही हो,’ उनले भने।

यसैबीच उनले १५औं महाधिवेशन चार वर्षभित्रै भइसक्नेमा शङ्का व्यक्त गरे। ‘चार वर्षमा भइसक्नुपर्ने हो भने आउँदो मंसिरभित्र भइसक्नुपर्छ। तर, छाँट होला जस्तो देखिँदैन। क्रियाशील सदस्यताको विषय टुङ्गिएकै छैन। त्यो कम्तीमा एक वर्षअगाडि टुङ्गिनुपर्छ महाधिवेशन हुनका लागि। अब कहिले यी विषयहरू टुङ्गिन्छन् र महाधिवेशन होला,’ उनले भने।

- Advertisement -

यसकारण कसलाई अगाडि बढाउने भन्नेबारे टुङ्ग्याइहाल्न पनि हतार नभएको उनको भनाइ छ। ‘अब अहिल्यै चाहिँ कसलाई अगाडि बढाउने भन्नेबारे हतार छैन। विस्तारै परिपक्व छलफल गर्ने र टुङ्ग्याउने,’ उनले भने।

कांग्रेसमा विधानत: चार वर्षभित्र महाधिवेशन भइसक्नुपर्छ। २०७८ मंसिरमा १४औं महाधिवेशन गरेको कांग्रेसले ०८२ को मंसिरमा १५औ‍ं महाधिवेशन गरिसक्नुपर्छ। त्यो समय आउन अब १० महिना मात्रै बाँकी छ। तर, सभापति शेरबहादुर देउवा भने ०८५/८६ पुर्‍याउनेमा देखिन्छन्। गत २ गते आफूलाई भेट्न आउने नेताहरूसँग उनले यही बताएका थिए। 

०८४ मा आवधिक निर्वाचन हुने र त्यसपछि मात्रै पार्टी महाधिवेशन गर्दा राम्रो हुने भनाइ देउवाको छ।

प्रकाशित: ७ फाल्गुन २०८१ २०:०३ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments