26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रकृतिको शव जहाजमार्फत आज नेपाल ल्याइने « News of Nepal

प्रकृतिको शव जहाजमार्फत आज नेपाल ल्याइने « News of Nepal


काठमाडौं ।

भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने भएको छ ।

ओडिसास्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव जहाजमार्फत नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकृतिका बुबा सुनिलले पोष्टमार्टम प्रतिवेदन आउन बाँकी रहेको बताउँदै भावनात्मक ब्ल्याकमेल गरेर छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको आफूहरुको बुझाइ रहेको बताएका छन् ।

- Advertisement -

उनका अनुसार प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी केआईआईटी प्रशासनले यषसअघि नै दिइसकेको छ । केआईआईटीले पनि घटनामा दुःख व्यक्त गर्दै माफी माग्दै विद्यार्थीलाई फर्किन आह्वान गरेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments