25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकेयरगिभर बनेर १३ नेपाली इजरायल प्रस्थान

केयरगिभर बनेर १३ नेपाली इजरायल प्रस्थान

इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ जना त्यसतर्फ लागेका हुन् ।  

गत अगस्ट महिनामा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल २ हजार ११२ जना चयन गरिएका थिए । बाँकी रहेका एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो ।

उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार हाल सम्म दुई सयभन्दा धेरै कनट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।

हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ । पहिलो चरणका सबै नेपालीलाई इजरायल पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिने उनले नागरिकसँग बताए ।  

- Advertisement -

‘आज १३ जना नेपाली इजरायलका लागि उडेका छन्,’ उनले नागरिकसँग भने, ‘इजरायलले नेपालीको भिसा पठाउने बित्तिकै उनीहरू पालैपालो जानेछन् । त्यहाँ नेपालीले इजरायली सरह नेपालीले पनि सेवा सुविधा पाउने छन् ।’

उनका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित छन् । इजरायलमा नेपाली श्रमिकलाई धेरै राम्रो छ । उनीहरू सबै इजरायल जी टू जी मार्फत नै जाने गरेका छन् । त्यहाँ विभिन्न किसिमका लडाइँ भए पनि हाम्रो श्रमिकहरू घरभित्र तथा स्याहार केन्द्रभित्र रहेर काम गर्ने हुँदा धेरै सुरक्षित भएको उनी स्वीकार छन् ।  

नेपालले वर्षौँदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ । प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन् । भाषा तथा दक्षतालगायतका परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको विभागका अधिकारीहरू बताउँछन् ।  

मंगलबार इजरायलमा केयरगिभरका लागि उडेका १३ जना नेपालीलाई विभागका महानिर्देशक सूर्यबहादुर खत्री र एचई नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।  

इजरायल सरकारी सूचनामा जनाइएअनुसार इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको ६ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने व्यवस्था छ । साथै सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ । नेपाली कामदारले मासिक तलब नेपाली मुद्रामा दुई लाख रुपैयाँ हाराहारीमा र केहीले काम गरेको समयावधि बढी भएकाले त्योभन्दा बढी पाउने गरेका छन् । इजरायल नेपालीका लागि आकर्षक गन्तव्य मुलुक हो ।

प्रकाशित: ६ फाल्गुन २०८१ २०:०२ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments