23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियओडिसाको घटना समाधान नगरे एनओसी रोक्छौं « News of Nepal

ओडिसाको घटना समाधान नगरे एनओसी रोक्छौं « News of Nepal


काठमाडौँ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने एनओसी रोक्ने चेतावनी दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

- Advertisement -

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूप्रति भएको व्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई सोमबार नै अनुरोध गरेको थियो । उक्त घटनापछि विद्यार्थीहरूलाई यथाशीघ्र पठनपाठन कार्य पूर्ववत् सुचारु गराउने व्यवस्था मिलाउन समेत भारतको सरकारको ध्यानाकर्षण गराएको थियो ।

विद्यार्थीहरूले निर्बाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताका लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको जनाएको छ । त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्न सहायता कक्ष समेत स्थापना गरेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments