19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि नियुक्त गर्‍यो विक्री प्रबन्धक

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि नियुक्त गर्‍यो विक्री प्रबन्धक



काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रू. २२ करोड ५० लाख रकम बराबरको अंकित मूल्य रू. १०० का दरले हुन आउने २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन जारी गर्ने गरी एनआइएमबि एस क्यापिटलसँग सम्झौता गरेको हो ।

- Advertisement -

ट्रष्ट माइक्रो इन्स्योरेन्स लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० चैतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ । 

सम्झौतापत्रमा निष्कासन कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्वल ढुंगाना र निष्कासन तथा विक्री प्रबन्धकका महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments