19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियट्रम्प र मोदीबीच भेटवार्ता, के-के विषयमा भयो छलफल ?

ट्रम्प र मोदीबीच भेटवार्ता, के-के विषयमा भयो छलफल ?



न्युयोर्क । अमेरिकाको दुई दिने भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ उनीहरूबीच लामो कुराकानी भएको छ । 

भेटवार्तामा भएका छलफलबारे संयुक्तरूपमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।  

- Advertisement -

भेटवार्तामा दुवैले रक्षा सहयोग, व्यापार र लगानी, ऊर्जा सुरक्षा, प्रविधि र नवप्रवर्तन, बहुपक्षीय सहयोग, आतंकवादविरुद्धको सहयोग, जनतादेखि जनता सहयोग र साझेदारीको भविष्य विषयमा छलफल गरेका छन् । 

रक्षा सहयोग

भेटवार्तामा दुवैले आफ्नो रक्षा साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा ट्रम्पले भारतलाई एफ–३५ लडाकू जेटहरू विक्री गर्न तयार रहेको घोषणा गरे । 

‘यस वर्षदेखि हामी भारतलाई सैन्य विक्री धेरै अर्ब डलरले बढाउँदैछौं,’ ट्रम्पले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, ‘हामी अन्ततः भारतलाई एफ–३५ स्टेल्थ लडाकू जेटहरू प्रदान गर्ने बाटो पनि खोल्दैछौं ।’

भारत नाटो सहयोगी इजरायल र जापानसहितका विशिष्ट देशहरूको समूहमा सामेल हुनेछ जसलाई सुपरसोनिक गतिमा पत्ता नलाग्ने गरी सञ्चालन गर्नसक्ने एफ–३५ किन्न अनुमति दिइनेछ ।

व्यापार र लगानी

दुवै नेताले व्यापार र लगानीलाई बढावा दिने लक्ष्य राखेका छन्। त्यसको लागि, ‘मिशन ५००’ नामक एक नयाँ व्यापार लक्ष्यको घोषणा गरिएको छ, जसको उद्देश्य २०३० सम्म द्विपक्षीय व्यापारलाई ५०० अर्ब डलर सम्म पुर्याउनु हो।

ऊर्जा सुरक्षा

ऊर्जा सुरक्षा दुवै देशको आर्थिक वृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण रहेको नेताहरूले जोड दिएका छन्। यसका लागि संयुक्त रूपले ऊर्जा स्रोतहरू, विशेषगरी तेल, ग्यास र परमाणु उर्जामा आपसी सहयोग बढाउनेबारे छलफल भएको छ। 

पत्रकार सम्मेलनमा मोदीले विश्वको सबैभन्दा ठूलो र पाँचौं ठूलो देशले तेल र ग्यासमा केन्द्रित ‘पारस्परिक लाभदायक व्यापार सम्झौता’ मा काम गर्ने र यो ‘चाँडै नै’ सम्पन्न हुने बताए ।

प्रविधि र नवप्रवर्तन

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले यूएस-भारत पहलको घोषणा गरे, जसको उद्देश्य महत्त्वपूर्ण प्रविधिहरू, जस्तै : कृत्रिम बुद्धिमत्ता, अर्धचालक, जैवप्रविधि, र अन्तरिक्ष प्रविधिहरूमा सहयोग बढाउनु हो ।

बहुपक्षीय सहयोग

भारत र संयुक्त राज्य अमेरिकाबीचको साझेदारी हिन्द-प्रशान्त क्षेत्रका लागि महत्त्वपूर्ण रहेको नेताहरूले दोहोर्याए। यस क्षेत्रको स्वतन्त्रता र शान्तिका लागि दुवै देशले आफ्नो भूमिका थप सशक्त पार्ने योजना बनाएका छन्।

आतंकवादविरुद्धको सहयोग

आतंकवादविरुद्धको लडाइँमा दुवै देशले अझै बढी सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। 

संयुक्त राज्य अमेरिकाले सन् २००८ को रक्तपातपूर्ण मुम्बई आक्रमणको एक शङ्कास्पद व्यक्तिलाई भारत प्रत्यर्पण गर्ने ट्रम्पले घोषणा गरे । उनले ती व्यक्तिलाई ‘संसारका अति दुष्ट मानिसहरूमध्ये एक’ रहेको बताएका थिए । 

सिकागोमा रहेका पाकिस्तानी मूलका क्यानाडाली नागरिक तहव्वुर हुसेन राणालाई सन् २०११ मा दोषी ठहर गरिएको थियो । र, पछि १३ वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिकी सर्वोच्च अदालतमा उनको अपील खारेज भएपछि उनको प्रत्यर्पण अपेक्षित थियो ।

जनतादेखि जनता सहयोग

भारत र यूएसबीचको ३ लाखभन्दा बढी भारतीय विद्यार्थीहरूको समुदायको महत्त्व पनि यस बैठकमा जोड दिइएको छ। दुवैले शिक्षा, अनुसन्धान र कानूनी मोवाइलिटीको क्षेत्रहरूमा आपसी सहयोग सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन्।

साझेदारीको भविष्य

प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रका बीच एक मजबूत, दीर्घकालीन र लाभदायक साझेदारी सुनिश्चित गर्न उच्चस्तरीय सहभागिता कायम राख्ने निर्णय गरेका छन्।

000

पत्रकार सम्मेलनमा मोदीले कागजातविहीन भारतीयहरूलाई मानव बेचबिखनकर्ताहरूले प्रलोभन दिइरहेको भन्दै सहयोग गर्ने वाचा गरे । ‘अमेरिकामा अवैध रूपमा रहेका भारतीयहरूलाई हामी भारत फिर्ता लैजान पूर्ण रूपमा तयार छौं,’ उनले भने । एजेन्सीको सहयोगमा


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments