19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishभ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा

भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा


काठमाण्डाैं ।‘भ्यालेन्टाइन डे’को अवसरमा कयौं मानिसहरुको मायाको खोज पुरा हुन्छ । केही भने सिंगल नै रहन्छन् । तपाईं पनि यो ‘भ्यालेन्टाइन डे’मा सिंगल हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन । किनकि सिंगल पनि तपाईंलाई कयौं फाइदा हुने गर्छ । यहाँ त्यसैको चर्चा गरिएको छ

डेटलाई कसरी ‘पर्फेक्ट’ बनाउने टेन्सन नै हुँदैन
‘भ्यालेन्टाइन डे’मा सिंगल हुनुको सबैभन्दा पहिलो फाइदा त तपाईंलाई यो दिनको लागि ‘पर्फेक्ट डेट प्लान’ गर्नको लागि न त कुनै मेहनत गर्नुपर्छ न त चिन्ता नै हुन्छ । तपाई आफ्नो इच्छाले आफ्नो लागि एक ‘रोमान्टिक डेट प्लान’ गर्न सक्नुहुन्छ र आफूलाई जुन मन लाग्छ त्यही उपहार किनेर दिन सक्नुहुन्छ ।

तपाईं आफूजस्तो हुनुहुन्छ त्यही रुपमा घुम्न जान सक्ने पनि राम्रो कुरा हो । यस्तोमा अरु कसैलाई ती कुराहरु मन पर्छ कि पर्दैन भनेर चिन्ता लिइराख्नु नै पर्दैन ।

न कुनै अपेच्छा न कुनै चिन्ता 
जब हामी कुनै सम्बन्धमा हुन्छौं तब हामी पार्टनरबाट कुनै न कुनै चीजलाई लिएर अपेच्छा राख्न लाग्छौं । उसले मलाई कता घुमाउन लग्ला ? के उपहार देला ? आज भेट्दा कस्तो व्यवहार देखाउने हो आदी ?

- Advertisement -

तर तपाईं सिंगल हुनुहुन्छ भने यी सबै चिजहरुको झझण्ट नै हुँदैन । पार्टनर छैन भने न कुनै अपेच्छा हुन्छ न कुनै निराशा नै ।

आफैँमाथि गर्नुहोस् निफिक्री खर्च 
सिंगल हुनुको अर्को फाइदा भनेको तपाईंलाई अरुको लागि पैसा खर्च गरिराख्नुपर्दैन । तपाईंले मिहेनत गरेर कमाएको आयमाथि तपाईंको आफ्नै मात्र अधिकार हुन्छ । अर्थात तपाईं जसरी चाहनुहुन्छ र जहिले चाहनुहुन्छ आफ्नो पैसा आफ्ना आश्यकता पूरा गर्न खर्च गर्न सक्नुहुन्छ ।

आफूलाई चाहेको कुरा गर्न स्वतन्त्र 
सिंगल रहनुको अर्को फाइदा भनेको तपाईं ‘भ्यालेन्टाइन डे’ होस् अथवा अरु कुनै सामान्य दिन आफूले चाहेजसरी बिताउन सक्नुहुन्छ । तपाई आफ्नो जीवनको राजा हुनुहुनेछ ।

तपाई आफूलाई मन परे फिल्म हेर्न जान सक्नुहुन्छ वा आफ्नो प्रिय पुस्तक पढ्न सक्नुहुन्छ वा केही मन नपरे पुरा दिन सुतेर बिताउन सक्नुहुन्छ वा आफ्ना मन मिल्ने साथीहरुसँग भेटेर रमाइलो गर्न सक्नुहुन्छ ।

एजेन्सीकाे सहयाेगमा 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments